आइतबार, १७ मे २०२६

अस्तित्व नेपालले गर्‍याे ‘जलन’बारे जनचेतनामुलक कार्यक्रम

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अस्तित्व नेपालले ‘जलन’बारे जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ। 

आइतबार ललितपुरस्थित सिद्धार्थ कटेजमा अस्तित्वले नेपालले जलनबाट बच्न अपनाउनुपर्ने उपायबारे चर्चा गर्दै जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो। 

उक्त कार्यक्रममा जलनबारे जानकारी दिँदै पूर्वसांसद तथा रास्वपाकी केन्द्रिय सदस्य बिन्दाबासिनी कंसाकारले आफूमाथि १३ वर्षअघि भएको एसिड आक्रमण सम्झिएकी थिइन्। 

‘हामीले कसैलाई जलनमा देखिरहँदा हामी आत्तिन्छौं तर हामीले पानीले सहयोग गर्नुपर्छ। यसो गर्नाले त्यो जलन केही हदसम्म कम हुनसक्छ’, उनको सुझाव छ, ‘जलनबाट बच्नका लागि अस्पताल जानअघि सबैभन्दा ठुलो उपाय पानी हो।’

कसैलाई एसिड आक्रमण गर्नु जानाजान चोट पुर्याउने उद्देश्य रहेको बताउँदै उनले यसबारे कडा कानून हुनुपर्ने बताइन्। कंसाकारको अनुसार विद्यालयको पाठ्यपुस्तकमा जलनबारे कोर्श समावेश गर्नुपर्छ। 

‘जलनको शिकार भएकाहरूले शारीरिक चोट मात्र नभई मानसिक समस्या र सामाजिक–आर्थिक हानी पनि व्यर्होनुपर्छ। त्यसैले यसबारे कडा नियम कानून हुनुपर्छ’, उनी भन्छिन्, ‘मैले संदनमा यसबारे आवाज उठाइरहेकी थिएँ।’

अस्तित्व नेपालकी संस्थापक रुमी राजभण्डारीको नेतृत्वमा सञ्चालन भएको कार्यक्रममा एसिड आक्रमणमा परेकी जेनी खड्काले पनि आफ्नो अनुभव सुनाएकी थिइन्। 

कीर्तिपुरको बर्न अस्पतालमा कार्यरत खड्काले भनिन्, ‘यदी कसैले ज्यान मार्ने मनसायले एसिड आक्रमण गर्छ भने, सरकारले ती व्यक्तिलाई आजीवन कारगारको सजाय दिनुपर्छ।’

आफूमाथि भएको एसिड आक्रमणबारे बताउँदै भनेकी थिइन्, ‘जलनमा तड्पिरहेकाहरूलाई पानीभन्दा ठुलो सहयोग अरू केही हुँदैन।’

डब्लूएचओको रिर्पोट अनुसार विश्वभर ५५ हजारदेखि ६० हजार मानिस जलिरहेका छन्। जसमा ८० प्रतिशत महिला, १५ प्रतिशत पुरुष छन् भने बाँकी ५ प्रतिशत बालबालिका रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!