बिएल संवाददाता
महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० दशमलव ७३ प्रतिशतले बढेर छ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२ दशमलव १८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया