टोपेन्द्र रोका मगर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सबैको साझा पार्टी भएको बताएका छन्।
बुधबार बाँकेको नेपालगन्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सस्मबोधन गर्दै अध्यक्ष ओलीले कुनै एक भूभाग, कुनै एक धर्म, कुनै क्षेत्रको मात्र पार्टी नभएको भन्दै सबैको साझा पार्टी भएको बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सबैको साझा पार्टी भएका कारणले नै अहिले एमालेमा प्रवेश गर्नेको लर्काे रहेको पनि जिकिर गरे।
'पशुपति दयाल मिश्र, अब्दुल करिम खाँलगायतले समयमै चिन्नुभयो र आउनुभयो, अरु पनि पार्टीमा आउनेको लर्काे छ,' उनले भने, 'त्यसैले पनि एमाले सबैको सझा पार्टी हो।'
अध्यक्ष ओलीले कतिपयले एमाले मधेश विरोधी पार्टी भएको भनेर हल्ला गरेको भन्दै आफ्नो पार्टी मधेश विरोधी नभएको स्पष्ट पारे।
'एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भयो, मधेशमा गएर एमाले मधेश विरोधी पार्टी पनि भनेर हल्ला फिजाइयो। तर एमाले मधेश विराधी पार्टी होइन। नत अन्य कुनै विरोधी हो,' उनले भने।
उनले बरु एमाले देशको रक्षा, देशको स्वाधिनता बचाइ राख्ने पार्टी भएको दाबी गरे। अध्यक्ष ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु पनि आफ्नै नेतृत्वको सरकारका पालामा भएको बताए। भेरी बबई डाइभर्सन आयोजना, बाँकेको सिक्टा सिंचाइँ आयोजनालाई गतिशिल बनाउने काम भएको उनको जिकिर थियो।
कार्यक्रममा स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलगायत ४ हजार भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए।
अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु पशुपति दयाल मिश्र, अब्दुल करिम खाँलगायतले सम्वोधन गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया