कफी कल्चर बढ्दै गर्दा सम्भावना उच्च, उत्पादन भने घट्दो

काठमाडौंप्रेस

सरिशा अछामी

 कलेज छुट्टी भएपछि विद्यार्थी कफीसप पुग्छन्। कर्मचारी ह्याङआउट गर्न कफी पिउँछन्। राजनीतिक दलका नेताहरूको पनि विश्राम केन्द्र बनेको छ, कफी सप। गफगाफ, भेटघाट र बैठकको आधार बनेको छ, कफी।

पछिल्लो समय कफी पिउने कल्चर नै बनेको छ। र, यो एक प्रकारको ब्रान्ड नै बनेको छ। केही वर्ष अघिसम्म बाह्य पर्यटकले मात्र कफी पिउँछन् भन्ने मान्यता थियो तर अहिले होटेल, रेस्टुराँ, कफीसप हुँदै घरघरमा कफी पुगेको छ।

पिउनेहरू पनि कमैलाई जानकारी होला, कफी नेपाली उत्पादन हो कि बाह्य। नेपालमा माग बढ्दै गर्दा नेपालमा उच्च सम्भावना रहेको कफी उत्पादन विगत दुई वर्षदेखि घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भनाइ छ।

कफी निर्यातमा सम्भावना रहेपछि मागअनुसार उत्पादन हुन सकेको तथ्यांकबाट देखिन्छ। प्रत्येक वर्ष १ मंसिरमा कफी दिवस मनाइन्छ। कफीको माग बढे पनि उत्पादन हुन नसकेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउँछन्।

प्रकाशित मिति: : 2021-11-17 13:49:00

प्रतिकृया दिनुहोस्