विगतबाट पाठ सिकेको च्यासल युथ संयमित

बाह्रखरी

सुजन श्रेष्ठ

 क्लब स्थापनाका हिसाबले च्यासल युथ परिपक्व भइसके पनि ‘ए’ डिभिजन लिगमा भने यो बामे सर्दै गरेको क्लब हो । अखिल नेपाल फुलटबल संघ (एन्फा)ले पटकपटक मिति सारेको सहिद स्मारक ‘ए’ डिभिजन लिग आउँदो मंसिर ३ गतेबाट हुँदै छ । त्यसमा च्यासल युथको तेस्रो सहभागिता हुनेछ ।

ललितपुर, च्यासलका युवाले वि.सं. २०३७ सालमा क्लब स्थापना गरेका थिए । नेपालमा सबै सामुदायिक क्लब छन् । च्यासल पनि त्योभन्दा फरक छैन । अझ केही वर्षअघिसम्म यस क्लबको कार्यसमितिमा व्यञ्जनकारहरूको वर्चश्व हुन्थ्यो । तर, एसियन फुटबल संघले एएफसी लाइसेन्स अनिवार्य गरेपछि अहिले क्लबहरू विस्तारै आफूलाई व्यावसायिक बनाउने प्रयासमा छन् । च्यासल युथ पनि त्यसकै लागि लागिपरेको छ ।

स्थानीय युवा मिलेर रामकृष्ण व्यञ्जनकारको अध्यक्षतामा स्थापना भएको च्यासलले एन्फाको आधिकारिक प्रतियोगितामा चाँडै फड्को मार्न भने सकेन । स्थापनाको लामो समयसम्म च्यासलले ‘सी’ डिभिजनमा छनोट हुनै संघर्ष गर्‍यो ।

२७ वर्षको संघर्षपछि ०६४ सालमा च्यासल पहिलोपटक ‘सी’ डिभिजन लिगमा छनोट भयो । त्यसको दुई वर्षपछि च्यासल ‘बी’ डिभिजन लिगमा उक्लियो । त्यसयता निरन्तर ‘बी’ डिभिजन लिग खेल्दै आएको च्यासलको ०६९ मा पाँचौँ स्थानमा रहनु नै सबैभन्दा राम्रो नतिजा थियो । तर, ०७३ मा भने च्यासल युथ ‘बी’ डिभिजन च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लियो ।

०७४ मा ‘ए’ डिभिजन लिग नै नभएपछि शीर्ष श्रेणीमा फुटबल खेल्ने च्यासलको व्यग्रता थप एक वर्ष लम्बियो । ०७५ मा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्यो । पहिलो सहभागिताबाट उत्साहित च्यासलले आक्रमक रूपमा खेलाडी तथा प्रशिक्षक अनुबन्ध गर्‍यो ।

प्रकाशित मिति: : 2021-11-16 21:55:00

प्रतिकृया दिनुहोस्