दियो ढल्किएर सुरु भएको आगोबाट तल्लो बजारका २० घर राक भए (भिडियाे)

मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन्। मंगलबार राति करिब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागी स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको मुगुका डिएसपी चित्रबहादुर भट्टराईले बताए।

'राती साढे १२ बजे आगलागी भएको जानकारी जिप्रकामा आएपछि तत्काल सुरक्षाकर्मीको टोली आगलागी नियन्त्रणमा लिएकाे थियाे,' उनले भने, 'आगलागीबाट मानवीय क्षती भने भएको छैन।'

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहभागीता रहेको थियो।

आगलागीमा परी १७ घर ३ वटा घुम्ती पसल खरानी भएका छन् भने करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको र राति भएका कारण थप विवरण आउन बाँकी रहेकाे प्रजिअ राेमबहादुर महतले जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-16 18:31:00

प्रतिकृया दिनुहोस्