‘पचली भैरव-रुक्मिणी’को कथामा परपीडक समाजको प्रतिविम्ब

‘प्रेमले मन चिन्दो रहेछ तर जब प्रेम गर्भमा पुग्छ, तब घर अनि थर सोध्दो रहेछ,’ १२ वर्षपछि भेटेका भैरवलाई नाटकको उत्तरार्द्धमा रुक्मिणीले भन्छिन्।

अविवाहित महिला गर्भवती बन्दा सबैभन्दा पहिले उठ्ने प्रश्‍न हो- समाजले के भन्छ? उनी मात्र नभई उनको परिवारले पनि त्यस भयको सामना उत्तिकै गर्नुपर्छ। सोही प्रश्‍न र समाजको लाञ्‍छनासँगै उनको जीवन अगाडि बढ्छ।

१२ वर्षपछि पचली भैरवलाई भेट्न आएकी रुक्मिणीको साथमा एक लक्का जवान छोरा पनि हुन्छन्। बिछोड हुँदा गर्भमा रहेको छोरा, जसलाई पचली भैरवले १२ वर्षअघि केवल एकपटक मात्र देख्‍न पाएको हुन्छ।

जीवनका भोगाइहरूले अब भने उनी समझदार अनि संयमित भएकी छन्। आफ्ना भोगाइ अनि सिकाइले बोध गराएका अनुभूति उनी सविस्तारमा भैरवलाई सुनाइरहेकी हुन्छिन्।

प्रकाशित मिति: : 2021-11-15 16:11:00

प्रतिकृया दिनुहोस्