‘घूस नदिई न्याय नै नपाइने भयो’

अनलाइनखबर

काठमाडौँ

राजनीतिकर्मीहरूका पनि गल्ती छन्। हिजो विपक्षी दलको नेता हुँदा अहिलेका प्रधानमन्त्रीले पनि आफ्नो भाग लिनुभएको छ। यस्ता कमी-कमजोरीका कारण अहिलेसम्म कसैले न्यायालयको विकृतिमाथि सम्बोधन गर्ने हिम्मत गरेनन्।

अहिले सञ्चारमाध्यमहरूमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा थुप्रै विषय आइरहेका छन्। विचाराधीन होस् या मुद्दा टुंगिइसकेका विषय, उहाँले कसरी त्यसबाट लाभ लिनुभयो भन्ने थुप्रै विषय बाहिरिएको छ। त्यस्ता मुद्दामा उहाँ र उहाँको वरपरका व्यक्ति कसरी संलग्न छन् भन्ने देखिएको छ। अहिले हामी कानून व्यवसायीहरूले शुरू गरेको आन्दोलन पनि त्यसैका लागि हो। जुनसुकै साना वा ठूला मुद्दा किन नहुन्, धेरै मुद्दाहरू उहाँका भाइ प्रभुशमशेर र अरू नातेदारसँग ठोक्किएको देखियो । उनीहरूले रकम नै मागेको र लेनदेन नै भएको कुरा बाहिर आइरहेको छ।

त्यो आरोप असत्य होइन भन्ने महसूस हुन्छ। उहाँको परिवार र नातेदारका नाममा आर्जित सम्पत्ति देख्दा नै यी विषय अस्वाभाविक होइनन् भन्न कर लाग्छ। अहिले मुद्दाको चापका दृष्टिकोणले नाम चलेका कानून व्यवसायीहरूले नै आवश्यक परे हामी प्रमाण दिन सक्छौं भनिरहनुभएको छ।

पैसा लेनदेनका जे-जति कुरा आइराखेका छन् त्यसले अहिलेका प्रधानन्यायाधीशले भ्रष्टाचार गर्नुभएको छैन, अनैतिक क्रियाकलाप गर्नुभएको छैन भन्ने ठाउँ नै छैन। अब त अति नै भयो भन्ने महसूस गरेका कारण अहिले बारको आन्दोलन शुरू भएको हो।

प्रकाशित मिति: : 2021-11-15 10:22:00

प्रतिकृया दिनुहोस्