बेथितिको बादशाहबीच थितिको खोजी

थाहा खबर

काठमाडाैं

 “गुरु, हाम्रो देशमा यो के भैरहेको छ?”

“किन? के भैरहेको छ र? के भन्न खोजेको बाबुहरूले?”

“किन? के हाम्रो देशको शासन व्यवस्था ठीकसँग चलिरहेको छ र, गुरु? लथालिङ्ग छैन र? यस लथालिङ्गमा चरम जसको शक्ति उसको भक्ति भैरहेको छैन र?”

 “यो उनिहरूको मोडल हो जो अहिले गरिरहेका छन्। तपाईंको मोडल कस्तो हुनुपर्ने?”

 “अक्षरस कानूनको शासन, तदारुख उद्योगशीलता, पूर्ण सम्पन्नता र शान्ति हाम्रो मोडल। अहिले त यो देश मान्छेको जङ्गलराज भएको छ। ठाउँमा तपाईंका मान्छे छन् वा खल्तीमा धन छ भने तपाईं बलात्कार, हत्या गर्न, कसैको घरखेत लुट्न सक्नुहुन्छ। बजारभाउ, गाडीभाडा, स्कुल, अस्पताल, बिजुली, टेलिफोन शुल्क जति राख्नुस्।

 ठाउँमा हुनेले एकलाखको निर्माण पचास लाखको बिल पेश गरे हुन्छ। पुलका एक दुईवटा खम्बा उठाएपछि ठेकेदारलाई करोडौँ भुक्तानी दिएर त्यत्तिकै छोड्न र इन्जिनियर, मन्त्री भैरहन पाइन्छ। एक तिहाइ जनता विदेशमा ४डी(डर्टी, डिफिकल्ट, डेन्जरस र डिस्ग्रेस्फुल)  काम गरेर मर्दैबाँच्तैरहेका छन्।यता आफनो देशमा खेत बाँझैछन्, न उद्योग छ। 

प्रकाशित मिति: : 2021-11-14 11:30:00

प्रतिकृया दिनुहोस्