सरकारी जागिर छाडेर जिरीमा होटल चलाइरहेका केशर

सेतोपाटी

अनुषा अधिकारी

केशरबहादुर जिरेल बिहान उठेदेखि रातीसम्म आफ्ना पाहुनाकै सेवामा व्यस्त हुन्छन्।

पाहुनालाई समयमै खानाखाजा तयार पार्ने, कोठामा तातोचिसो पानीको व्यवस्था छ/छैन जस्ता कुरामा उनको बढी ध्यान हुन्छ।

उमेरले ६९ वर्ष पुगेका केशर हेर्दा हट्टाकट्टा देखिन्छन्। दोलखा, जिरी बजारमै रहेको उनको 'ग्याबिला होटल' मा आउने स्वदेशी तथा विदेशी पाहुनाको सेवाका लागि काम गर्न उनी कहिल्यै थकित महसुस गर्दैनन्।

केशर करिब २४ वर्षदेखि जिरीमा होटल चलाइरहेका छन्। उनलाई र उनको ग्याबिला होटललाई जिरीमा नचिन्ने कोही छैनन्। त्यहाँका सबैभन्दा पुराना होटल व्यवसायीमध्ये पर्ने भएकाले पनि उनी नामी छन्।

होटल व्यवसायमा दुई दशक लामो अनुभव कमाइ सकेका केशर सुरूदेखि यो क्षेत्रमा लागेका होइनन्। यो काममा लाग्नुअघि उनी दूग्ध विकास संस्थानमा चीज प्राविधिक थिए। उनको मुख्य काम चीज उत्पादनका प्रक्रिया र मर्मत कार्यकर्ताहरूको निरीक्षण गर्नु थियो।

दूग्ध विकास संस्थानमा कार्यरत हुँदा कामकै सिलसिलामा उनी २०४३ सालमा चीज तालिम अन्तर्गत फिलिपिन्स गएका थिए। यसैक्रममा उनले एकपटक स्विट्जरल्यान्ड पनि जाने मौका पाएका थिए। 

प्रकाशित मिति: : 2021-11-14 11:21:00

प्रतिकृया दिनुहोस्