यस्तो बेइज्जत भएर नेतृत्वमा बसेको न्याय क्षेत्रमा मात्र होला, अन्य क्षेत्रमा कोही नहोलान् : गौरीबहादुर कार्की, पूर्वन्यायाधीश

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन आक्रामक बन्दै गएको छ, तर प्रधानन्यायाधीश राजीनामा नदिनेमा अडिग छन्, यो टक्कर कसरी टुंगिने देख्नुहुन्छ?
कसरी टुंगिने भन्ने अनुमान गर्न सकिन्न । तर, अहिले अवस्थाको सबै जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ । न्याय किनबेचको आरोप सबैभन्दा डरलाग्दो हो । वकिल पनि हामीलाई विश्वास छैन भन्छन्, न्यायाधीशहरू पनि त्यसै भन्छन् । यस्तो बेइज्जत भएर नेतृत्वमा बसेको त न्याय क्षेत्रमा मात्र होला, अन्य क्षेत्रमा कोही नहोलान् । 

सिंगो न्याय क्षेत्र आन्दोलनमा उत्रिँदा पनि प्रधानन्यायाधीश कसको आडमा राजीनामा दिन्नँ भनिरहेका हुन् जस्तो लाग्छ ? 
त्यो आडचाहिँ राजनीतिक दल हुन् । महाभियोग दुईतिहाइले मात्र पास हुनुपर्छ । प्रतिपक्षीको समर्थनविना पास हुने अवस्था छैन । उनीहरूले नै काँध थापेका छन् । प्रतिपक्षी दल एमाले संसद् पुनस्र्थापना गर्ने अन्य चारजनाले पनि राजीनामा दिनुपर्छ भन्छ । जब कि उनीहरूले हिस्सा मागेको, घुस खाएजस्तो केही विवाद नै छैन ।

प्रकाशित मिति: : 2021-11-14 09:22:00

प्रतिकृया दिनुहोस्