सुरजको मन 'ब्याडमिन्टन'ले तानेपछि...

घरअघिकाे खाली जमिन। त्यहिँ जमिनमा थियो– ब्याडमिन्टन कोर्ट। घोराहीका–१४ का सुरज गुप्ता (१८) ‘लडडु’ आधा दशकअघि त्यहिँ कोर्टमा ब्याडमिन्टन हेर्थे। साँझ–विहान खेलाडीहरुले ब्याडमिन्टन खेल खेल्थे। 

फुर्सद मिल्दा ब्याडमिन्टन खेल नहेरी उनीकाे चित्तै बुझ्दैनथ्यो। सुरजलाई ब्याडमिन्टनकाे ककलाई हान्दा रमाइलो लाग्थ्यो।  खेलाडीहरु बिहान खेल्न आएपछि उनी उठेर खेल नसकिदासम्म हेरिरहन्थे। आफ्नै घर अगाडि खेलिने उक्त खेल बुझ्नसँगै कोर्टमा प्रवेश गर्न उनलाई भने करिब ६ महिनै लाग्याे।

विगतलाई सम्झदै उनी भन्छन, ‘घरमा टीभी थिएन। अहिले जस्तो इन्टरनेटको समय पनि थिएन। त्यसैले गर्दा मैले विहानै उठेर दाईहरु खेल्न आएपछि कतै नगएर ब्याडमिन्टन खेल खेलेको हरिरहन्थे। हर्दा हेर्दै कोर्टमा खेल्न भने छ महिना लाग्यो।’ 

लगतै, साथीसँग मिलेर सुरज सडकमै ब्याडमिन्टन खेल्न थाले। 

'प्राय सधै नै खेल हेर्न जान थालेपछि सुरजलाई खेलसँग नजिक हुने अवसर मिलेको उनी बताउँछन्। दैनिक खेल मैदानमा म पुग्न थाले, त्यसपछि त्यहाँका दाईहरुले पनि राम्रो मान्न थाल्नुभयो। पछिपछि दाईहरुले मलाई बाहिर गएको बल पुर्‍याउन पठाउने गर्न थाल्नुभयो र पुराना, भाँचिएका ब्याटमिन्टन र कक दिन थल्नुभयो,' उनले भने। 

भाँचिएका ब्याडबाट सिक्ने अवसर पाएका सुरज अहिले राष्ट्रिय खेलाडीका रुपमा खेल्न थालिसकेका छन्। कहिल्यै पनि ब्याडमिन्टन खेलाडीका रुपमा अघि बढुलाँ भनेर नसोचेको भन्दै उनले अहिले भने खेल क्षेत्रमा नै केही गर्ने सोच रहेको बताए। सुरज अहिले नेपाल ब्याडमिन्टन संघले गरेको खेलाडी बर्गीकरणमा अन्डर एजका रुपमा राष्ट्रिय खेलाडीका रुपमा छैठौँ नम्वरमा परेका छन्। 

पहिलो प्रतियोगितामा नै असफल सुरज

घर अगाडीको खेल हेरेर ब्याडमिन्टन खेलाडी बन्ने सपना देखेका सुरज प्रतियोगितको पहिलो खेलमा नै जित्न असफल भएका थिए। दाङमा भएको जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएपनि सफल नभएको उनले जनाए। उक्त खेलमा असफल भएपछि खेलमा थप सुधार गरेको उनको भनाई छ।

खेल सुधार गर्न उनलाई अग्रज खेलाडी सन्जीव श्रेष्ठ, रोशनमान श्रेष्ठलगायतले हौसल्ला प्रदान गरेको उनले बताए।  त्यसपछि उनी जिल्ला, क्षेत्र, प्रदेश हुँदै राष्ट्रिय तथा केही अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी भैसकेका छन्। 

उनका अनुसार उनी पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिता, २०७७ सालमा नेपालगन्जमा भएको प्रदेशस्तरीय ओपन व्याटमिन्टन प्रतियोगितामा डवल तर्फ शिव थापासँग जोडीमा प्रथम, २०७८ बुटवलमा भएको प्रदेशस्तरीय म्यान्स सिंगल प्रतियोगितामा प्रथमसँगै दाङ जिल्लासँगै विभिन्न स्थानमा भएका प्रतियोगिताहरुमा उत्कृष्ठ प्रदर्शन गरेका छन्।

उनी ०७५मा बिराटनगरमा भएको व्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएका थिए। तर सफलता प्राप्त गर्न भने सकेका थिएनन्। ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै आएका घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोल निवासी १८ बर्षीय खेलाडी सुरजलाई सवैले व्याटमिन्टका लडडु भनेर चिन्छन। बास्तविक नाम सुरज भएपनि खेल क्षेत्रसँगै आफन्तहरुमा लडडु नामले चिनिने उनलाई अहिले लडड् नाम नै प्यारो लाग्ने गरेको बताए।

खेल क्षेत्रमा लागेको चार पाँच बर्षको अवधिमा करिव ३५ बढी खेलहरुमा उत्कृष्ठ प्रदर्शन गरेका उनलाई अहिले घोराहीमा रहेको पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालयले नि शुल्क रुपमा पढाउन थालेको छ। लालीगूराँस बोर्डिङ स्कुलबाट औपचारिक शिक्षा सुरुवात लड्ले अल्फा बोर्डिङ स्कुलबाट एसईई पास गरेर पद्मोदयमा कक्षा १२ मा अध्ययन गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-14 08:36:00

प्रतिकृया दिनुहोस्