किन सधैं बदनाम छ सिंहदरबार ?

अनलाइनखबर

काठमाडौँ

आजभन्दा ११८ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेका थिए सिंहदरबार। सिंहलाई वनको राजा मानिन्छ। वनमा सिंह जस्तै नेपालको शासन व्यवस्थामा सिंहदरबार। प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारभित्र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका छन्।

यसका अतिरिक्त योजना आयोग, वित्त आयोग, संघीय संसद सचिवालयका साथै सुरक्षा निकायका कार्यालयहरू पनि रहेका छन्। पछिल्लोपटक कर्मचारीहरूको सेवा–सुविधाको लागि भन्दै बैंकका, सञ्चयकोषको शाखाका साथै केही संख्यामा चमेना गृह समेत रहेका छन्। सरकारी रेडियो तथा टेलिभिजन समेत सिंहदरबारको चौघेराभित्र अटाएका छन्।

श्री ३ हरूको तथ्य वृत्तान्त नामक कृतिमा सिंहदरबारको नाम चन्द्रशमशेरले आफ्नी महारानीलाई दरबारबाट बागदरबार देखाउँदै ‘ऊ त्यो बागदरबार …’ भनेसँगै रानीले त्यो बागदरबार भए यसलाई सिंहदरबार भन्दा कसो होला भनी जिज्ञासा राखेपछि चन्द्रशमशेरले सिंहदरबार नाम राखेका थिए भनी उल्लेख गरिएको छ।

संघीयताको औपचारिक अभ्याससँगै सबैको मुखमा एउटा नारा झुण्डिएको थियो ‘गाउँ गाउँमा सिंहदरबार।’ केन्द्रमा सिंहदरबारलाई आफ्नो दरबारको रूपमा आम नागरिकले आत्मसात् गर्न नसके पनि गाउँ गाउँका सरकारहरूले सिंहदरबारका दुर्गुणहरू सिंहदरबारको पर्खाल भित्रै छाडेर गुणैगुणले भरिएका माइक्रो मिनी सिंहदरबार लिएर आउँछन् भन्ने आशा गरेका थिए।

प्रकाशित मिति: : 2021-11-12 14:13:00

प्रतिकृया दिनुहोस्