तरलता अभाव कर्जा विस्तार गर्नेका लागि मात्रै हो

नेपाल बैंक नेपालको पहिलो बैंक हो। जुन बैंकले यस वर्ष ८५औं वर्षगाँठ मनाउँदै छ। बैंकिङ क्षेत्रमा अनेक आरोह,अवरोह पार गरेको यस बैंकसँग थुप्रै अनुभव छन्।आर्थिक लगायतका विविध समस्यामा कारण कुनै बेला २०५९–२०६४) विदेशीले व्यवस्थापन गरेको बैंकले पछिल्लो तीन आर्थिक वर्षयता लगानीकर्तालाई निराश नहुने गरी लाभांश दिइरहेको छ।

सम्पत्ति, शाखा सञ्जाल तथा जनशक्तिलगायतका अन्य दृष्टिकोणले देशको सशक्त बैंकको रूपमा दरिएको नेपाल बैंकको आरोह, अवरोह तथा समग्र बैंकिङ क्षेत्रबारे  बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गरिएकाे कुराकानीको सम्पादित अंशः 

कुराकानीको सुरुआत पछिल्लो अवस्थाबाटै गरौं। कोरोना महामारीले बैंकिङ क्षेत्रमा कस्तो असर परेको छ?

२०७६ चैतबाट पहिलो र २०७७ फागुनबाट दोस्रो चरणको कोरोना महामारी सुरु भयो। २०७७ साउन–भदौसम्म नेपालमा कोरोनाको असर धेरै नै थियो। त्यसपछि (२०७७ साउन–भदौ) नेपालमा आर्थिक गतिविधि बढ्न थालेको बेला दोस्रो चरणको महामारी फैलिएपछि पुनः समस्या पर्‍यो। 

प्रकाशित मिति: : 2021-11-09 08:44:00

प्रतिकृया दिनुहोस्