भारी बोकेर पढेकी उपप्रमुख

काठमाडौंप्रेस

सरिशा अछामी

एसएलसी दिएर भारी बोक्न थालेकी कल्पना राई एउटा चौतारीमा डोको अड्याएर थकाइ मार्दै थिइन् । दोलखाको जिरीबाट भारी बोकेर सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउँदै गरेकी उनलाई भारीले गलाएको थियो, तर संघर्षसँगैको सफलताले उनलाई कतै पर क्षितिजबाट चियाइरहेको थियो ।

डोको अड्याएर पसिना पुछ्दै गर्दा उनले बाटोमा हिँडिरहेका जुद्धबहादुर कार्कीलाई देखिन् र नमस्ते गरिन् । जुद्ध नेकपा एमालेको तत्कालीन जिल्ला सचिवालय सदस्य र विद्यार्थी इन्चार्ज थिए । कल्पनाले उनलाई पार्टीको कुनै कार्यक्रममा देखेकी थिइन् । जुद्धले कल्पनाको नमस्ते त फर्काए, तर आफ्नै संगठनकी सदस्य भनेर ठम्याएनन् । 

कल्पनाले विस्तारमै बताउनुपर्ने भयो । 

उनले कक्षा ७ मा पढ्दै थिइन् । एक दिन कक्षा चलिरहेको थियो । कक्षालाई बीचमै रोकेर माथिल्लो कक्षाका विद्यार्थी कक्षा कोठामा प्रवेश गरे । उनीहरूले भने, ‘पढ्ने विद्यार्थीको एउटा समूह बनाउन लागेका छौँ, त्यसमा राम्रो पढ्ने विद्यार्थीलाई मात्र राखिन्छ ।’ 

प्रकाशित मिति: : 2021-11-08 11:16:00

प्रतिकृया दिनुहोस्