म्यान्मारमा 'बाल समूह'को देउसी–भैलो [भिडियाेसहित]

राजकुमार शर्मा

नाम्टू, म्यान्मार

बर्मेली–नेपालीहरूले देउसी–भैलाेसँगै भाइटीका लगाएर तिहार मनाएका छन्।

उनीहरूले नेपाल र भारतझैँ हर्षोल्लासपूर्वक तिहार मनाएकाे बताएका छन्। तर, विगत झैं यो वर्ष भने म्यान्मारका गाेर्खालीहरूकाे दीपावली भव्य रूपमा सम्पन्न भएन।

कारण– एकातर्फ काेराेना महामारी र अर्काेतर्फ सैनिक क्रूरताले तिहारलाई थप उल्लास थप्ने–गरी देउसी–भैलो मनाउन नपाएकाे उनीहरूकाे गुनासाे छ।

शहरभन्दा ग्रामीण भेगका भारतीय तथा नेपाली मूलका बर्मेलीहरूले दीपावली केहिहदसम्म रमाइलाे गरेरै मनाएका छन्।

म्यान्मारकाे नाम्टूनगरमा बाल समूहले देउसी–भैलाे खेलेर तिहार मनाएकाे हाे। उनीहरूले सानाे समूह बनाइ नेपालीशैलीमा घर–घर पुगेर देउसी–भैलाे खेलेका छन्।

म्यान्मारमा सैनिक विद्रोहका कारण ठूलो हिन्दू समाजले विगत झैं यो वर्ष तिहार भव्यताका साथ मनाउन सकेन।

प्रकाशित मिति: : 2021-11-07 11:15:00

प्रतिकृया दिनुहोस्