रातोपाटी
कात्तिक दोस्रो साता कर्णाली, बागमती र प्रदेश १ मा सरकार परिवर्तन भई एमाले सत्ताविहीन भएपछि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखे, ‘प्रदेश सभामा ४० मा ६ , ९३ मा १० र ११० मा १३ सिट हुनेले सरकार नेतृत्व गर्ने गठबन्धनको पछिल्लो अभ्यासले जनादेशलाई मजाकको विषय बनायो ।’
पोखरेलले भनेजस्तै कर्णालीमा ६ सिट मात्र भएको काँग्रेसले सरकारको नेतृत्व गरेको छ । काँग्रेसका जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनेका छन् । बागमती १३ सिटमात्र रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका छन् ।
त्यस्तै, प्रदेश १ मा पनि १० सिट मात्र भएको नेकपा (एकीकृत समाजवादी) सरकारको नेतृत्वमा पुगेको छ । एमालेका भीम आचार्यलाई विस्थापित गरेर राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बनेका छन् ।
योसँगै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सबैभन्दा ठूलो दल एमाले विपक्षी कित्तामा पुगेको छ । ठूलो दलचाँहि प्रतिपक्षमा सानो दल सरकारमा पुगेपछि एमाले नेता पोखरेलले यसलाई ‘जनादेशको मजाक’ बताएका हुन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया