सोमबार, १५ डिसेम्बर २०२५

म्यानचेस्टर डर्वी: घरेलु मैदानमा युनाइटेड २-० ले पराजित

News Image
• • •

भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ।

 युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी२–० गोल अन्तरले विजयी भएको  हो।

खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे। 

खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए। बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। 

जितसँगै ११ खेलमा २३ अंक बनाएको  सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!