एक पूर्वलडाकू : हिजो काँधमा बन्दुक, आज हत्केलामा फूल

अनलाइनखबर

आभास बुढाथोकी

मुलुकमा माओवादी सशस्त्र जनयुद्ध अन्त्य नहुँदो हो त उनको पृष्ठभूमि शायद फरक हुने थियो । यतिबेला उनी कुनै आक्रमण वा युद्ध भिडन्तका लागि योजना बनाउँदै हुने थिए । काँधमा बन्दुक र हातमा बारुद बोकेर उनी युद्धभूमिमा कि मर्न र मार्न तयार हुँदा हुन् ।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा दाङका घोराही–१४ झिगौराका लोकेन्द्र बुढामगरले बन्दुक उठाए । बन्दुकको नालमा क्रान्तिको सपना देखे । जीउज्यान नभनी परिवर्तनका निम्ति लडे । आज १८ वर्षपछि परिस्थिति ठीक उल्टो भइदिएको छ । एउटै कालखण्डमा दुई फरक–फरक जीवन बाँचेजस्तो । किनभने उनको हातमा अहिले बन्दुक होइन, फूल छ ।

एसएलआर र ग्रिनेड समाउने उनका हात अहिले फूल हुर्काउनमा व्यस्त छन् । फूलको हेरचाह गर्नु, तिनलाई गोडमोल गर्नु उनको दिनचर्या बनेको छ । पूर्व माओवादी लडाकू रहेका उनी बन्दुक बिसाएर तीन वर्ष यता व्यावसायिक फूलखेतीमा भुलेका छन् ।

प्रकाशित मिति: : 2021-11-05 21:02:00

प्रतिकृया दिनुहोस्