प्रमिला घिसिङ
सन् २०५३ मा सर एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्दा महिनौँ दिन लगाएर काठमाडाैँ हुँदै जिरी भएर हिँडेका थिए।
विश्वको लोकप्रिय र चर्चित मानिने 'एभ्रेस्ट वेसक्याम्प ट्रेकिङ' र हिमाल आरोहण गर्ने हजारौं पर्यटकले वर्षौसम्म जिरी हुँदै पदयात्रा गरेका थिए। त्यसैले जिरीलाई ‘गेटवे टू एभरेष्ट’ अर्थात् सगरमाथाको प्रवेशद्वार पनि भनिन्थ्यो।
दुई दशक अघिम्म जिरीमा विदेशी पर्यटकले भरिभराउ हुँन्थ्यो। सगरमाथा पदमार्गको प्रवेशद्वारको रुपमा चिनिएको जिरी पर्यटकहरू सगरमाथा ओहोर दोहोर यही बाट पदयात्रा गर्दथे।
विद्यालय जीवनका कालमा जिरीमा खच्चड र खैरे पर्यटकको लस्कर लाग्ने गरेको जिरीका युवा उद्दमी लिलाराम खड्काले विगतकाे स्मरण गर्दै बताए।
काठमाडाैँदेखि लुक्लासम्म सीधै हवाई यात्रा सुरू भएपछि जिरी सुनसान जस्तै बनेकाे छ। पर्यटकहरु एभ्रेस्ट वेस क्याम्प ट्रेक र हिमाल चढ्न सीधै उड्न थाल्यो। हाल ती दिनहरु कथामा मात्रै सिमित छ जिरीका होटल गाबिला सञ्चालक तथा समाजसेवी केशरबहादुर जिरेलले बताए।
केही वर्षदेखि जिरीमा स्वदेशी पर्यटकको गन्तव्य हुन थालेको छ। अन्य भागमा जस्तै गत सालको कोरोना महामारीले जिरीमा पर्यटक सुन्य जस्तै बनेकाे छ। गतहप्ता ८ जना विदेशी पर्यटक घुम्न आएका गाबिला होटल सञ्चालक तथा समाजसेवी केशरबहादुर जिरेलले बताए।
कोरोना महामारीका कारण लामाे समयपछि लकडाउन खुलेसँगै जिरीमा आन्तरिक पर्यटकहरु पुनः आगमन हुन थालेकाे छ।
पर्यटन प्रवर्धन मञ्च नेपालका अध्यक्ष तथा युवा उद्यमी लिलाराम खड्काले केही वर्षदेखि 'डेस्टिनेशन जिरी'को रुपमा ब्राण्डिङ गर्न लागि परेका छन। उनले वर्षेनी पत्रकार, कवि र साहित्यकारलाई जिरी घुमाएर जिरीको पर्यटनलाई प्रवर्धन गर्दै आएका छन। गएको शुक्रबारदेखि आइतबारसम्म उनले काठमाडाैँबाट करिव दुई दर्जन फोटोग्राफर, महिला पत्रकार र युवा कविको टोलीलाई जिरी घुमाउन लगेको थिए।
पछिल्लो समय जिरीलाई ‘रोमान्टिक डेस्टिनेशन’को रुपमा पनि ब्राण्डिङ गरिदैछ। काठमाडाैँदेखि करिब १८३ किमीको दुरीमा अवस्थित सुन्दर, शान्त र शितल जिरी हरेक उमेर समूहका पर्यटकका लागि उत्कृष्ट गन्तब्य रहेको अभियान्ता खड्काले बताए।
‘यसलाई रिब्रान्डिङ गरेर, बिभिन्न प्याकेज बनाई प्रर्बदन गरेर जिरीको पर्यटनलाई पुर्नजीवन दिने उनको एक प्रयास सराहनीय छ। यसका लागि स्थानीय सरकार, उद्योग वाणिज्य र स्थानीय संघ संस्था एकजुट भएर लाग्न आवश्यक देखिन्छ। जिरी सेरोफेरोमा घुम्नका लागि थुप्रै मन्दिर, गुम्बा, छोर्तेन र धनी जिरेल र शेर्पा गाउँ बस्ति र उनीहरूका संस्कृति छन्,' अभियान्ता खड्काले भने।
यहाँ जिरेल, क्षेत्री, सुनुवार, विश्वकर्मा, वाह्मण, तामाङ र शेर्पा लगायत जातजातिकाे बसाेबास रहेकाे छ। भौगोलिक बनावटको हिसाबले जिरीको हावा, पानी स्विट्जरल्याण्डको जुरिक जस्तो भएकाले स्वीसहरूले ‘नेपालको स्विट्जरल्याण्ड’ पनि भनेका रहेछन। जिरीको विकासमा स्वीसहरूको ठूलो भूमिका रहेको छ।
स्विसहरुकै सहयोगमा जिरीमा चिज फ्याक्ट्री, जिरी टेक्निकल स्कुल र लामोसाँघु–जिरी सडक खोलिएको समाजसेवी केशरबहादुर जिरेलले बताए। जिरीको शिक्षा, स्वास्थ्य र सडक क्षेत्रकाे विकासका लागि स्विसहरूको ठूलो योगदान रहेकाे छ। यसको मुख्य श्रेय चर्चित भुगोलविद् टोनी हेगनलाई सधै सम्झन्छन्, जिरीवासी।
वरपर डाँडाले घेरिएका जिरी उपत्यका साच्चै सुन्दर छ, जो कोही पुग्दा स्विट्जरल्याण्ड पुगेको भान हुन्छ। जिरी बजारबाट करिब २ कि.मि दूरीमा दूर्गेश्वर मन्दिर, १.५ कि.मि. राङ राङेश्वरी मन्दिर, १ कि.मि. देविमन्दिर र ३ कि.मि. मा जिरेश्वर महादेवको मन्दिर तथा ४ किमीको दूरीमा चिया बगान छ। जुन पर्यटनका मुख्य आर्षण हुन्।
यस्तै करिब अढाई घण्टामा च्योर्दोङ चिज कारखाना पुग्न सकिन्छ। च्योर्दोङ डाँडा (३,६९० मिटर) बाट रोल्वालिङ, नुम्बुर, लाङताङ हिमशृंखला अवलोकन गर्न सकिन्छ। जिरी बजारबाट केही माथि भूलडाँडा बुद्ध पार्क छ। जहाँबाट जिरी बजारको मनरोम दृश्य अवलाेकन गर्न सकिन्छ। अलिकमाथि गुराँस पार्क छ। खावादेखि करिब ३ कि.मी दुरीमा हनुमन्ते डाँडा।
त्यस्तै जिरी बजारदेखि करिब ३ कि.मी पश्चिममा लौटी झरना छ।
गत आइतबार हामी पुग्दा तिहारको नजिकिदै थियो। जतासुकै सयपत्रस् फूल फुलिरहेका थिए भने स्थानीयहरु किनमेलमा व्यस्त थिए। जिरी युवा सञ्जालद्वारा 'जिरी च्याम्पियनशिप' आयोजना गरेको थियाे। जसमा बागमती प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता तथा जिरी भ्याली माउन्टेन सर्किट म्याराथुन प्रतियोगिता चलिरहेको थियो। जिरीमा प्रशस्त साना तथा ठूला आरामदायी होटलहरु छन।
शेर्पा समुदायको स्याब्रुङ नाच, नेवार समुदायका बालबच्चाद्वारा लाखेनाच र विभिन्न सांस्कृतिक कार्यक्रमले जिरी बजारको माहोल निकै रमणिय थियो। जिरीबाट फर्किँदाकाे काेशेलीकाे रूपमा याक चिज, घ्यू, छुर्पि, आलु, डल्ले खुर्सानि र गेडागुडी ल्याउन सकिन्छ।
कसरी पुग्नेः
काठमाडौँदेखि चरिकोट हुँदै जिरी बजार १८३ किलोमिटर दुरीमा रहेकाे छ। काठमाण्डौँदेखि नियमित बस र जिप पाइन्छ।
सम्पर्कः
केशरबहादुर जिरेल- ९८१७८८२३३७
लिलाराम खड्का– ९८४९३०३९२०
















विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया