बिएल संवाददाता
आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकालाई दुई सय ७२ रनको लक्ष्य दिएको छ
यूएईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो।
नेपाली टोलीका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले ७५ रनको योगदान गरे। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४७ रन बनाए। भीम सार्कीले ४३ रन बनाउँदा कप्तान रोहित पौडेलले ३६ रन बनाए।
आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले उत्कृष्ट पारी खेल्दै ४९ रन बनाए। सन्दीप लामिछाने चार रनको योगदान दिए।
बलिङमा अमेरिका लागि हरमित सिंहले तीन विकेट लिए। सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुई/दुई विकेट हात पारे। जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए।
जारी शृंखलामा नेपालले दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार ब्यहोरेको थियो।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपाललाई बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया