बिएल संवाददाता
आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकालाई दुई सय ७२ रनको लक्ष्य दिएको छ
यूएईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो।
नेपाली टोलीका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले ७५ रनको योगदान गरे। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४७ रन बनाए। भीम सार्कीले ४३ रन बनाउँदा कप्तान रोहित पौडेलले ३६ रन बनाए।
आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले उत्कृष्ट पारी खेल्दै ४९ रन बनाए। सन्दीप लामिछाने चार रनको योगदान दिए।
बलिङमा अमेरिका लागि हरमित सिंहले तीन विकेट लिए। सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुई/दुई विकेट हात पारे। जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए।
जारी शृंखलामा नेपालले दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार ब्यहोरेको थियो।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपाललाई बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया