१६ कात्तिक, काठमाडौं । सोमबार अपरान्ह सर्वोच्च अदालतका तीन न्यायाधीशसँग भेट गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदनका साथमा बैंकिङ कसुरको मुद्दाको पनि पेशी तोके ।
तर सोमबार बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गरेका न्यायाधीशहरुले मंगलबार भने कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, प्रधानन्यायाधीश जबराले धोका दिएको महसुस गरेपछि मंगलबार इजलास नबसेको हो ।
‘अलि सहजताका साथ अदालत सञ्चालन भएको सन्देश प्रवाह गर्ने उहाँको जोड छ’ ती न्यायाधीशले भने, ‘त्यही रणनीतिका साथ उहाँले मुद्दाको दायरा बढाउदै लैजाने र एकजुट भएका न्यायाधीशहरुलाई विभाजित गर्ने योजना बनाएको देखियो ।’