सोमबार, १५ डिसेम्बर २०२५

भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल !

Photo: Agency
• • •

केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन्। भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन्।

एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन्। यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जनाएको छ। अहिले रोहित शर्मा टि–२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टि–२० विश्वकपपछि विश्राम दिइनेछ। राहुलले अष्ट्रेलियामा टि–२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो। ‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ र यो कुनै गोप्य कुरा होइन। राहुल टीमको टि–२० प्रारूपको अभिन्न अंग हो। उसले नेतृत्व गर्न लगभग निश्चित छ,’ स्रोतले भन्यो। 

२०२१ को टि–२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दैछ। जहाँ, दुई देशबीच तीन खेलको टि–२० अन्तर्राष्ट्रिय श्रृङ्खला र त्यसपछि दुई खेलको टेष्ट सिरिज हुनेछ। टि–२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ। 

भारत र न्यूजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदैछ। दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ। त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बइमा खेलिनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!