चुनावसँग आत्तिएजस्तो प्रचण्ड अभिव्यक्ति : संगठन सुदृढीकरण छाडेर गठबन्धन र एकताको कुरा !

लोकान्तर

उद्धव थापा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्तिमा एक किसिमको वितृष्णा र छटपटाहट सुनिन थालेको छ । माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रम होस् वा अन्य सार्वजनिक समारोह जहासुँकै प्रचण्ड निराशावादी अभिव्यक्ति दिन थालेका छन् ।

विभिन्न सन्दर्भमा प्रचण्डले आफू एक्लिने डर भएको, चुनाव लड्न पैसा नभएको, पार्टी विघटन गर्दा पनि फरक नपर्ने जस्ता उत्साहहीन अभिव्यक्ति दिन थालेका छन् । पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन छाडेर उनी विभिन्न पार्टीसँग एकताको प्रस्ताव गर्दै हिँडेका छन् । 

राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र संघीय सरकारमा महत्त्वपूर्ण हिस्सासहित सहभागी छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, प्रचण्डको अभिव्यक्तिमा पार्टीको भविष्यको चिन्ता झल्किने गरेको छ । उनको अभिव्यक्ति नजिकिएको निर्वाचनका कारण पिरोलिएको र आत्तिएको जस्तो देखिन्छ । 

गत भदौ २७ मा वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षपछि आफू पनि एक्लिने हो कि भन्ने डर लाग्ने गरेको बताएका थिए । 

प्रकाशित मिति: : 2021-11-02 13:39:00

प्रतिकृया दिनुहोस्