मुख्यमन्त्री राजेन्द्र राईले दिए 'दारु' पार्टी, को-को गए ? भिडियोमा हेरौं

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन्। 

पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका थिए। 

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन्। उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ। त्यहाँ उनले केक काटेर बियर उडाएका छन्। 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै च्याम्पियन फोडेर खुसीयाली मनाएका हुन्। 

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले च्याम्पियन फोडेको पनि देख्न सकिन्छ। तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आज राजीनामा दिएका थिए। आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका थिए। 

विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन्।

प्रकाशित मिति: : 2021-11-02 18:00:00

प्रतिकृया दिनुहोस्