कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार राजिनामा दिएकाे मुख्यमन्त्री शाहीले बताएका छन्।

सोमबार कर्णालीबासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन।

काँग्रेस माओवादीबीच पहिलो छ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो।

गत वैशाख ३ गते छ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो।

प्रकाशित मिति: : 2021-11-01 19:22:00

प्रतिकृया दिनुहोस्