चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश

अनलाइनखबर

नवीन ढुंगाना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महीनामा नेपालको भन्सार प्रणाली भएर १ लाख २६ हजार ३४० किलो चाँदी आयात भएको देखियो। भन्सारकै विवरण हेर्दा यो अवधिमा ७ हजार २६८.७९ किलो चाँदी विभिन्न प्रकारका भाँडा, सजावटका वस्तु लगायतमा प्रयोग भएर नेपालबाट निर्यात भयो।

नेपालमा तयारी सुन–चाँदीको गहना बिक्री गर्ने काममा निश्चित व्यवसायीहरू मात्रै संलग्न छन्। उनीहरूका भनाइमा नेपालमा दैनिक औसत २०० किलो मात्रै चाँदीको खपत छ। अझ कोरोना महामारी पछि त्यो मात्रा पनि निकै घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। चालु आवको शुरूआती तीन महीनामा ९० दिन खुलेको सुन–चाँदीको कारोबारमा सोही परिमाणको खपतले झण्डै १८ हजार किलो मात्रै चाँदीको खपत स्वदेशी बजारमा भएको देखिन्छ।

प्रकाशित मिति: : 2021-11-01 11:34:00

प्रतिकृया दिनुहोस्