लागुऔषधको अभियोगमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्।
क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेकाउनी पक्राउ परेको २६ दिनपछि रिहा भएका हुन्।
उनी रिहा भएसगैँ बलिउड इन्डस्ट्रीमा खुशी छाएको छ। छोरा जेलबाट छुटेपछि शाहरुखलाई अन्य फिल्मकर्मीहरुले बधाई दिन थालेका छन्।