दिलिप कुवँर
०५२ साल फागुन १ गते माओवादीले १० वर्षे लामो शसस्त्र द्धन्द्ध सुरु गरेसँगै युद्धको चपेटामा मुख्यतया रोल्पा र रुकुम परे।
अझै रोल्पाको जेल्वाङको इतिहास हेर्न हो भने अपत्यारिलो छ, तर गौरवलाग्दो छ। देशकै इतिहासमा सबैभन्दा बढी जेल्वाङबाट सहिद भए। अर्थात्, एउटै गाउँबाट ७६ जना सहिद भएका थिए।
माओवादी द्धन्द्ध हुनुभन्दा अगाडि यो गाउँ सामान्य नै थियो। तर, जनयुद्धले जेल्वाङको पहिचानलाई फराकिलो बनाएको छ। अहिले जेल्वाङमा युद्ध पर्यटन विकासको लागि पृथक प्रयासहरु थालिदै आएका छन्।
जसोतसो गाउँसम्म कच्ची सडक पुगेको छ। पहिलेभन्दा अहिले गाउँ विकासको बाटो कुद्न थालेको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन रक्तिम बताउँछन्। जेल्वाङवासीहरुको जिवनस्तर उकास्न र यहाँको पर्यटन सम्भावनालाई गति दिन बेलाबेला अर्थपूर्ण कार्यक्रमहरु पनि हुँदै आएको रक्तिमले बताए।
उनी भन्छन्,'यहाँ युद्ध पर्यटनको राम्रो सम्भावना छ। हामीले यसलाई संरक्षण गरेर गति दिन सक्दो प्रयास गरिरहेका छौ। यहाँ विजुली हाइड्रो पावरबाट व्यवस्थापन गरिएको छ। गाउँले विस्तारै अनुहार फेर्दैछ।'
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया