बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सम्मानमा बुधबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ।
बुधबार राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताको शुभकामना दिएका थिए।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताएका छन्।
उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धतासमेत जनाए। उपाध्यक्ष कोइरालाले चाँडोभन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुङ्ग्याउनु पर्नेमा जोड दिएका थिए।
खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे। राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमीकमजोरीलाई सच्याउनु पर्ने आवश्यकता औँल्याए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया