ओलीले बनाउन खोजेको एमाले कस्तो ? विश्लेषक भन्छन्– पार्टीमा आफूलाई ‘राजा’जस्तै मानुन् !

बाह्रखरी

कुञ्जरमणि भट्टराई

नेकपा एमाले यतिबेला अधिवेशनमा होमिएको छ।

नेकपा एमालेको भन्दा निकै अघिदेखि महाधिवेशनको तयारीमा रहेको कांग्रेस भने निकै अलमलमा छ। कांग्रेसले चौथोपल्ट तय गरेको महाधिवेशनको मिति पनि सर्ने निश्चित छ तर अर्को महाधिवेशन कहिले भन्ने केही स्पष्ट छैन।

१३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन भने त्यसबाहेकका धेरै जिल्लामा पालिकास्तरभन्दा माथि अधिवेशन हुन सकेको छैन। 

उता प्रतिष्पर्धी पार्टी नेकपा एमालेले भने वडा र पालिकास्तरको अधिवेशन लगभग सम्पन्न गरेको छ। केही स्थानमा वर्षाका कारण रोकिएको भए पनि अधिकांश स्थानमा सम्पन्न भएको छ त्यो पनि सहमतिका आधारमा।

कात्तिक ६ गते ६ हजारभन्दा बढी वडामा एकैसाथ अधिवेशन सम्पन्न भयो। मंगलबार देशभरका ६ सयभन्दा बढी पालिकामा अधिवेशन सम्पन्न भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको  छ। 

प्रकाशित मिति: : 2021-10-27 11:02:00

प्रतिकृया दिनुहोस्