
काठमाडौंप्रेस
साइकोटिक एनओएस एउटा यस्तो मानसिक रोग हो, जसमा निश्चित लक्षण देखिँदैन । अरु मानसिक रोगमा भ्रम हुने, स्वभावमा धेरै परिवर्तन आउने लगायत लक्षण देखिन्छन्। तर यसमा निश्चित लक्षण नदेखिने भएकै कारण यसलाई ‘नट अदरवाइज स्पेसिफाइड’ अर्थात् विशिष्ट लक्षण नभएको भनिएको हो।
अन्य मानसिक रोगमा एकै प्रकारका लक्षण लगातार देखिन्छ, तर साइकोटिक एनओएसमा यस्तो हुँदैन। यसको मुख्य लक्षण भनेको मुड स्विङ (मन बदलिने) हुनु हो। साइकोसिस एनओएसमा अन्य मानसिक रोगमा जस्तो बोली वा व्यवहारमा धेरै परिवर्तन आउने हुँदैन, त्यसैले यो पहिचान गर्न गाह्रो हुने मानसिक रोगमा पर्छ।
कतिपय अवस्थामा चिकित्सकले कुन प्रकारको मानसिक रोग हो भन्ने पत्ता लगाउन नसक्दा पनि रिपोर्टमा ‘साइकोटिक एनओएस’ लेख्ने गरेका छन्। किनभने कुनै व्यक्तिमा दुई–तीन प्रकारका मानसिक रोगका लक्षण देखिएको छ, तर ठ्याक्कै कुन रोग हो भन्ने पत्ता लागेको छैन भने उक्त व्यक्तिलाई ‘साइकोटिक एनओएस’ भएको मान्न सकिन्छ।
‘मुड स्विङ’ हुनुका साथै कुनै चिजमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, मन उदास हुने, निद्रा नपुग्ने, धेरै चिन्ता हुने, शंकास्पद व्यवहार हाबी हुने, एक्लै बस्न रुचाउने, भ्रम हुने लगायत लक्षणबाट पनि ‘साइकोटिक एनओएस’को पहिचान हुन सक्छ। साथै यी लक्षण नदेखिने सम्भावना पनि रहन्छ, जसकारण यसलाई साइकोटिक एनओएस भनिएको हो। यसमा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’मा जस्तै पूर्ण रूपमा ‘मुड स्विङ’ नहुने भएकाले पनि अन्य मानसिक रोगको तुलनामा यसको पहिचान गर्न गाह्रो हुन्छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया