कर्णालीमा माओवादीकाे सरकारलाई निरन्तर दिने विषयमा कुनै निर्णय भएकाे छैन– पूर्वमन्त्री नरेश भण्डारी 

File Photo
File Photo

गत शनिबार नेकपा माओवादी केन्द्रकाे कर्णाली प्रदेश समितिकाे बैठक सम्पन्न भयाे। बैठकले कर्णालीमा वर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वकाे सरकारलाई नै निरन्तरता दिने निर्णय गरेकाे समाचारहरु आए।

तर समाचारमा आएजस्ताे प्रदेश समितिले कुनै निर्णय नगरेकाे कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए।

'पार्टीको विस्तारित बैठकमा कर्णालीकाे सत्ता समिकरणबारे कुनै निर्णय भएकाे छैन,' उनले भने, 'समाचारमा आएकाे कुरा साँचाे हाेइन।'

उनले बैठकमा केही सदस्यहरुले वर्तमान सरकारलाई नै निरन्तरता दिने गरि आफ्नाे धारणा राखेकाे भएपनि निर्णय नभएकाे उनले बताए।

'केन्द्रमा बनेकाे उच्चस्तरीय गठबन्धनले प्रदेश सरकारकाे भविष्य निर्धारण गर्छ,' उनले भने, 'धेरै कुरा प्याकेजमै सहमति हुने भएकाे हुनाले कर्णाली पनि त्यसैमा पर्छ।

उनले कर्णालीमा माओवादी केन्द्र, तत्कालीन अवस्थामा फ्लेस क्रस गर्ने चार जना सांसद र नेपाली काँग्रेसले गरेकाे सहमति पनि एउटा आधार भएकाे बताए।

'तथापि पछिल्लो परिस्थिति अलि फरक छ,' उनले भने, 'केन्द्रले प्याकेजमै निर्णय गर्दैछ। त्यसले नै कर्णाली प्रदेशकाे सत्ता परिवर्तन हुने नहुने निर्धारण गर्ला।'


माओवादीले सम्झौताबमोजिम कर्णालीकाे सत्ता–हस्तान्तरण नगरे समर्थन फिर्ता लिन्छाैँ: कांग्रेस 

प्रकाशित मिति: : 2021-10-26 18:40:00

प्रतिकृया दिनुहोस्