सोमबार, १५ डिसेम्बर २०२५

महाधिवेशनमा कांग्रेस अल्झियो, एमालेले पछि पार्‍यो

सेतोपाटी

सेतोपाटी

सन्जिब बगाले र प्रशन्न पोखरेल
News Image
• • •

नेकपा एमाले र नेपाली कांग्रेसले महाधिवेशनमा होमिएका छन्। यी दुबै दलले मंसिरमा महाधिवेशन गर्दैछन्।

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ।

नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

एमालेले छोटो समयमै वडा अधिवेशन गरेको छ जबकी कांग्रेसले एक वर्षदेखि तयारी गर्दा पनि १३ जिल्लामा अझै वडा अधिवेशन गर्न सकेको छैन।

एमालेले कात्तिक ६ गते एकैदिन छ हजारभन्दा बढी वडामा अधिवेशन सकेको छ भने बाँकी वडामा कात्तिक १५ भित्रै अधिवेशन सक्ने भनेको छ।

कांग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशन सकेको छ भने १३ जिल्लामा कहिले अधिवेशन हुन्छ यकिन छैन। तर १३ हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशनसमेत सकिसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!