‘बहादुर भवन हत्याएको जुद्धशम्शेर लाजै नमानी पाल्पा पनि पुगेछ’

प्रबिता श्रेष्ठ

 

पुस्तकको एक तस्बिर देखाउँदै उनले भने, ‘यो मैले आफैँले मारेको बाघ हो।’ मरेको बाघमाथि उनी बसेका थिए, तस्बिरमा। शिकार गरेको सम्झना ब्युताउँदै उनी भन्छन्, ‘दुईतर्फबाट लठ्ठालाई घेरेर पल्टन जाने गर्छ। बाघले पनि हेर्छ। तर, बाघले न लठ्ठा च्यात्‍ने प्रयास गर्थ्यो, न त नाघ्‍ने नै। वरपर सैनीको पल्टन नै हुन्थ्यो। बाघलाई कतैबाट उम्कन नमिल्ने भएपछि अलमल लिएको अवस्थामा निशाना ताकेर गोली ठोक्ने गरिन्थ्यो। हामी भने मचानमा बस्थ्यौँ। मचाना अर्थात् ‘रुखका हाँगामा बनाइने कोठाहरू। लगातार तीन-चारपटक गोली फायर गरेपछि बाघ मर्थ्यो।’

९६ वर्षमा हिँडिरहेका इतिहासकार पुरुषोत्तमशम्शेर राणाको धुमिल हुँदै गएको सम्झना हो यो। युवा अवस्थामा उनी शिकार सौखिन थिए, जतिबेला वन्यजन्तुको शिकार वर्जित थिएन। हात्ती चढेर दिनभर शिकार गर्दा पनि धित मर्दैनथ्यो उनको।

‘सम्झँदा पनि त्यस्तो पनि जीवन थियो हौ जस्तो लाग्छ, अहिले खाटबाट उठ्न पनि नसक्ने भएको छु। कैदीजस्तो लाग्छ जीवन पनि,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2021-10-25 14:54:00

प्रतिकृया दिनुहोस्