सी-फुड क्रेज : नयाँ पिँढीको नयाँ टेस्ट

दुई वर्ष अघिसम्म काभ्रेका तेज लामा भारत केरलाको समुद्री तटमा रेस्टुराँ चलाउँदै थिए। समुद्री तटनजिक भएका कारण त्यहाँ सी-फुड्स बढी चल्थ्यो। उनी रेस्टुराँका सेफ मात्र नभई सेयर होल्डर पनि थिए।

सी-फुड राम्रो चलेको कारण उनले नेपालबाटै केही जनशक्ति लगेर रेस्टुराँलाई अझ चुस्त रूपमा सञ्चालन गर्ने योजना बनाए। तर, उनको योजना अगाडि बढ्न सकेन।

बरु नेपालमै किन नखोल्नेरु नेपालबाट जनशक्ति केरला लैजान नसकेपछि उनको मस्तिष्कमा झट्ट यो सोच आयो। र, उनी नेपाल फर्किए। हाल ठमेल क्षेत्रपाटीमा उनको सोचले भौतिक आकार ग्रहण गरेको छ, सिक्विन रेस्टुराँको रूपमा।

नामसरह नै उनले ‘सी’ अर्थात् समुद्रमा पाइने जीवको विभिन्न परिकार पस्किन थाले। ‘कोरोना देखिनुभन्दा ६ महिनाअघि स्थापना गरेको रेस्टुराँले राम्रो पिकअप लिइसकेको थियो,’ उनी भन्छन्, ‘६ महिनाजति चलाएँ। त्यस पछि कोरोना अनि लकडाउन भएको सबैलाई थाहा नै छ।’

प्रकाशित मिति: : 2021-10-24 15:24:00

प्रतिकृया दिनुहोस्