खप्तडलाई माया गर्नेहरूको कथा

सेतोपाटी

काठमाडौँ

२०३८ सालको वसन्त ऋतुको कुनै घमाइलो दिन। काठमाडौंबाट करिब डेढ घन्टाको दुरी पार गरेर सुदूर पहाड पुगेको हेलिकप्टर कर्णाली र बुढीगंगा नदीपार गर्दै बाजुरामाथि आइपुग्छ। खप्तडको आकाश थर्काउन थाल्छ।

गति कम गरेर त्यो यान बिस्तारै अवतरणको तयारीमा लाग्छ। खप्तडको मध्यभागमा रहेको टाकुरामा बनेको आश्रमको आँगनमा बनाइएको हेलिप्याडमा रोकिन्छ।

हेलिकप्टरको रोटर घुम्ने क्रम रोकिएपछि रानी ऐश्वर्यसँगै राजा वीरेन्द्र मुस्कुराउँदै ओर्लिन्छन्। आँगनमा स्वागत गर्न आएका पहेँला वस्त्रधारी खप्तड बाबालाई श्रद्धापूर्वक नमस्कार गर्छन्।

अनि सुरू हुन्छ आँगनमा खप्तड स्वामी र राजा वीरेन्द्रबीच भलाकुसारी, विचार मन्थन अनि सत्सङ्ग। यो सुदूरपश्चिम नेपालको आभूषणका रूपमा रहेको खप्तडको चालीस वर्षअघिको विगतको एक छोटो काल्पनिक सम्झना मात्र हो।


 

प्रकाशित मिति: : 2021-10-24 13:02:00

प्रतिकृया दिनुहोस्