भारतीय ‘कूटनीति’ का यी फरक अनुहारहरु

देशसञ्चार

काठमाडाैं

युवराज घिमिरे

 

नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रे आफ्ना अनुभवबारे पुस्तक लेख्ने पहिलो भारतीय कुटनीतिज्ञ हैनन्। सन् ६४ बाट तीन वर्ष राजदूत बनेका श्रीमन नारायण, सन् ७० को दशकमा नेपालमा राजदूत रही पछि विदेश सचिव बनेका महाराजकृष्ण रसगोत्रा, सन् २००१ देखि २ वर्ष जति नेपालमा राजदूत रही विदेश सचिव बनेका श्याम सरणले रेपूर्व आफ्ना नेपाल प्रसंगसहित कूटनीतिक अनुभवका बारेमा पुस्तक लेखेका छन्।

श्रीमन नारायणको पुस्तक ‘नेपाल इन्डिया रिलेशन्स : एन एक्सरसाइज टुवार्डस् ओपन डिप्लोमेसी’ मा दुई पक्षीय सम्बन्धका सम्भाव्यता, दुई पक्षबीच समझदारीको आवश्यकतासँगै नेपालप्रति भारतीय स्टेट या ननस्टेट एक्टरबाट भएका या हुने गरेका नियोजित र प्रायोजित ज्यादतीसँगै नेपालप्रति सम्मानजनक अभिव्यक्ति र पक्षहरु छन्।

उनले राजा महेन्द्रबाट आफ्नो कार्यकालमा दुई पक्षीय सम्बन्धबारे देखाएको समझदारी र सम्वेदनशीलताको पनि प्रशंसा गरेका छन् । राजदूतको निर्धारित पदावधिपूर्व नै गुजरातमा राजपाल नियुक्त भएका श्रीमन नारायणलाई राजा महेन्द्रले ‘अब हाम्रो प्रतिनिधिका रुपमा तपाईँ त्यहाँ हुनुहुनेछ’ भन्ने विश्वासपूर्ण उदगार दिएका थिए बिदाइ भेटमा।

प्रकाशित मिति: : 2021-10-22 11:42:00

प्रतिकृया दिनुहोस्