जहाँ बन्द छ संसद्को इतिहास

सिंहदरबारस्थित संसद् सचिवालयको भवन नम्बर २ को ‘अन्डरग्राउन्ड’मा रहेको बन्द कोठाभित्र एउटा पुरानो घडी छ। पुरानो मोडेलको ठूलो घडी वर्षौँदेखि बन्द छ। घडीको सुई ७ बजेर ३८ मिनेटमा रोकिएको छ। सिसा फुटिसकेको छ, समयसँग घडीको कुनै तालमेल छैन।

घडी राखिएको कोठामा वर्षौँदेखि ताला लगाइएको छ। पुस्तकालयछेउमै रहेको त्यो कोठाभित्र अरू के–के पुराना सामग्री छन् भन्नेबारे धेरै सांसद नै अनभिज्ञ छन्। सचिवालयकै अधिकांश कर्मचारीलाई पनि मेसो छैन।

कोठासँगै त्यहाँ बन्द छ, संसद्को इतिहास। घडीसँगै बिग्रिएका छन्, अन्य महत्वपूर्ण सामान र दस्ताबेज पनि। कोठामा सधैँ ताल्चा झुन्डिएका कारण कोही मान्छे जाँदैनन्। कोठा हत्तपत्त खुल्दैन। जान चाहनेलाई पनि पहुँच छैन। उक्त कोठासँग सरोकार राख्ने संसद् सचिवालयकै एक कर्मचारी भन्छन्, ‘यहाँ कोही आउँदैनन् र पहुँच पनि दिइएको छैन।’

प्रकाशित मिति: : 2021-10-21 11:22:00

प्रतिकृया दिनुहोस्