जापानी नागरिक हारुहितोको अनुभव : नारायणहिटीमा राजा भेट्न ६ घण्टा लाइन, १० सेकेण्डमै टीका !

रातोपाटी

काठमाडौँ

यस वर्ष पनि जापानी नागरिक हारुहितो नोजुले जापानको राजधानी टोकियोमा दसैँको टीका लगाए। उनका नेपाली साथी एवं रेष्टुरेन्ट व्यवसायी इन्द्र खड्काले हारुहितोलाई दसैँमा निम्तो गरेका थिए। खड्काको परिवारसँग सहभागी भएर उनले यस वर्षको दसैँ मनाए। साथै आफूले नेपाली भाषा पढाइरहेका ३ जना विद्यार्थीलाई पनि उनले दसैँको टीका लगाइदिए।

जापानी नागरिक हारुहितो नोजु नेपाली भाषाशास्त्री हुन्। उनी नेपाली भाषा सिक्न झन्डै ३९ वर्षअघि पहिलोपटक काठमाडौँ आएका थिए। त्यसयता उनको नेपाल र नेपालीसँगको सम्बन्ध घनिष्ठ रहँदै आएको छ। सोही बेलादेखि उनको सम्बन्ध दसैँ चाडसँग पनि जोडिएको छ। रातोपाटीसँगको कुराकानीका क्रममा उनले भने, ‘म पहिलो पटक नेपाल पुगेको २०३९ सालको फागुन महिना थियो। तसर्थ मेरो लागि पहिलो दसैँको टीका चाहिँ २०४० सालको दसैँमा हो।’

हारुहितोले दसैँको पहिलो टीका आफ्ना घरबेटीको हातबाट लगाएका थिए। त्यतिबेला उनी बालुवाटारमा बुधेन्द्र जोशीको घरमा २ बर्षसम्म बसेका थिए। त्यहाँ उनले पहिलो पटक दसैँसँग परिचित हुने अवसर मात्रै पाएनन्, दसैँको रोचक अनुभूति पनि समेट्न पाए।

प्रकाशित मिति: : 2021-10-21 10:39:00

प्रतिकृया दिनुहोस्