भारतसँग भ्याक्सिन, नोटबन्दी, तुइन र नक्साको कुरा उठाएका छौँ

बाह्रखरी

काठमाडाैं

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्व गरेका उदयशमशेर राणा एकपटक सांसद र एकपटक अर्थ राज्यमन्त्रीसम्म भएका छन् । विदेशमा पढेर स्वदेश फर्किएर राजनीतिमा लागिरहेका राणा अहिले भने कांग्रेसको केन्द्रीय सदस्य, सांसद र मन्त्री कुनै पनि पदमा छैनन् ।

हालै उनी भारत भ्रमणमा गएका थिए । कांग्रेसको तीन सदस्यीय प्रतिनिधिमण्डलमा रहेर भारत गएर फर्किएका हुन् । उनले त्यहाँ के कुरा उठाए ? कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्धलगायत विषयमा उदयशमशेर राणासँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश : 

भाजपाको निमन्त्रणामा भएको तपाईंहरूको भारत भ्रमणको सन्देश के हो ?

 

राजनीतिक पार्टीहरूको छिमेकी मुलुक र आफ्नो सोचाइ मिल्ने अरू देशका राजनीतिक पार्टीहरूसँग ‘एक्सचेन्ज प्रोग्राम’ हुनु नयाँ कुरा पनि होइन, ठूलो कुरा पनि होइन । हामीले कम्युनिस्ट पार्टी अफ चाइना र यहाँका कम्युनिस्ट पार्टीबीच कोभिडको समयमा पनि भर्चुअल मिटिङ भएको देख्यौँ । यसलाई धेरैले धेरै किसिमले टिप्पणी पनि गरे । म त्यसमा टिप्पणी गर्न चाहदिनँ । आइडोलोजिकल्ली मिल्ने भएपछि पार्टी–पार्टीबीच इन्टर¥याक्सन हुनु स्वाभाविक नै हो ।

भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी । यिनै पार्टीका नेताहरू देशको प्रधानमन्त्री हुनुहुन्छ । नेपाल–भारत एउटा अत्यन्तै नजिकको सम्बन्ध हुँदाहुँदै छोटो–छोटो समयमा साना–साना विषयले अप्ठेरो परिस्थिति सिर्जना गरिरहेका छन् । समय–समयमा सम्बन्धमा उचार चढाव भइरहेको छ ।

प्रकाशित मिति: : 2021-10-20 15:09:00

प्रतिकृया दिनुहोस्