काठमाडौंप्रेस
शुष्मा बराली
एक साँझपख काठमाडौंलाई झरीले छाडेकी थिइनन्, सडकलाई निथ्रुक्क भिजाएकी थिइन्। लगातारको झरीले रात चिसा बन्ने संकेत थियो। चाबहिलस्थित स्तुपामा रहेका बुद्धका दुई आँखा दिन ढल्कँदै गर्दा झनै शान्त र सुन्दर देखिन्थे। स्तुपाको ठ्याक्कै अघिल्तिर बोटबिरुवाले सजिएको थियो पसल। स्तुपा अगाडि आगन्तुकको भीड थियो, पत्रिकामा बेरेर रोटी अण्डा खान व्यस्त थिए मानिस। रोटी र अण्डाको स्वादलाई त्यहीँ छोड्दै माथिल्लो तलामा उक्लिँदा थरिथरिका बिरुवाले स्वागत गरे। त्यहाँ दुइटा कोठा थिए। ढोकामा राखिएको डोर प्लान्टले गार्डेनिङ स्टोर हो भनी अनुमान लगाउन गाह्रो थिएन। फिस ट्यांकमा राखिएका बिरुवा र खेलिरहेका माछाहरू, ह्यांगी बिरुवासहित अन्य धेरै इन्डोर प्लान्ट सजाएर राखिएको थियो।
अर्को कोठामा थरिथरिका गमला थिए। विभिन्न देवीदेवताका पोट्रेट भएका सेरामिक र माटोबाट तयार पारिएका गमलाहरू निकै आकर्षक थिए। गमलामा उतारिएको कलाकारिताले जो कोहीको ध्यान तान्छन्। सेरामिक गमलामा फेस पोट्रेट उतार्न व्यस्त देखिन्थे, उदय कर्माचार्य (३९ वर्ष)। उदय खासमा व्यावसायिक फोटोग्राफर हुन्। उनको पारिवारिक व्यवसाय भने चित्रकला हो। ०५५ सालदेखि उनले पनि बुवाले गरेको देखेर आर्टतिर आकर्षित भए।
‘घरमा अजा, बुवाले चित्र कोरेको देखेर हुर्केको मैले पनि एसएलसीपछि नै आर्ट सुरु गरेको हुँ,’ उनले भने। सोही कलालाई अगाडि बढाउन उनले ललितकला क्याम्पसमा पनि अध्ययन गरे। तर, उनलाई फोटोग्राफीले तान्यो र व्यावसायिक फोटोग्राफीमा लागे। लामो समय फोटोग्राफीमा भुलेका उदयलाई लकडाउनले आर्टमा फर्कने मौका दियो। कामको व्यस्तताले चित्रकलालाई समय दिन नसकेका उनी हिजोआज रंगमा ब्रस चोपेर सुन्दर आकृतिका गमलामा उतार्छन्। सबै साथी मिलेर केही नयाँ काम गरौँ भन्ने सल्लाह भएपछि लकडाउनको समयलाई आर्टमा सदुपयोग गरे उनले। फोटोग्राफी व्यवसाय भए पनि चित्रकलालाई निरन्तरता दिन पाउँदा नयाँ ऊर्जा मिलेको छ उनलाई।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया