महेश चौलागाईं
चन्दननाथ नगरपालिका–१० को लेकाली युवा क्लबले यस वर्ष पनि तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुभदिपावलीकाे अवसरमा आयोजना हुने उक्त प्रतियोगिता कार्तिक ३ गते देखि हुने क्लबले जनाएको छ। क्लबका अध्यक्ष सन्तोष खत्रीका अनुसार प्रतियोगिता श्री जनज्योति माध्यमिक विद्यालय, बार्कोटे डाँडा (भाईरल पुल, जुम्ला) मैदानमा सञ्चालन हुनेछ।
इच्छुक टोलीहरूले असोज २८ गतेदेखि कार्तिक २ गते ५ बजेसम्म टिम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।
प्रत्येक टिममा १२ जना खेलाडी (९ जना खेल मैदानमा रहने) रहने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले १ लाख २३ हजार ४५६ रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र, र उपविजेता टोलीले ५६ हजार ७८९ सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले ५०० रुपैयाँ पुरस्कार पाउनेछन्।
फुटबल प्रतियोगिताबाट स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सहयोग र खेलप्रतिको रुचि बढाउने उद्देश्य राखिएको आयोजक क्लबले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया