महेश चौलागाईं
चन्दननाथ नगरपालिका–१० को लेकाली युवा क्लबले यस वर्ष पनि तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुभदिपावलीकाे अवसरमा आयोजना हुने उक्त प्रतियोगिता कार्तिक ३ गते देखि हुने क्लबले जनाएको छ। क्लबका अध्यक्ष सन्तोष खत्रीका अनुसार प्रतियोगिता श्री जनज्योति माध्यमिक विद्यालय, बार्कोटे डाँडा (भाईरल पुल, जुम्ला) मैदानमा सञ्चालन हुनेछ।
इच्छुक टोलीहरूले असोज २८ गतेदेखि कार्तिक २ गते ५ बजेसम्म टिम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।
प्रत्येक टिममा १२ जना खेलाडी (९ जना खेल मैदानमा रहने) रहने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले १ लाख २३ हजार ४५६ रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र, र उपविजेता टोलीले ५६ हजार ७८९ सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले ५०० रुपैयाँ पुरस्कार पाउनेछन्।
फुटबल प्रतियोगिताबाट स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सहयोग र खेलप्रतिको रुचि बढाउने उद्देश्य राखिएको आयोजक क्लबले जनाएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया