असारयताका बाढीले भत्काएका पुल अझै अलपत्र

पप्पुले बनाएको कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो, चार महिना बित्दा पनि पुनर्निर्माण हुने नहुने ठेगान छैन

देशभरका थुप्रै नदी र खोलाहरूमा पुल छैनन्। एउटै पुल बन्दा सामान्य बन्ने दैनिकी पुल नहुँदा कष्टपूर्ण छ। विकासमा बेवास्ता, परियोजना छनोट र बजेट विनियोजनको झन्झटिलो प्रक्रिया, ठेक्कामा हुने बदमासी, ठेकेदारले गर्ने ढिलासुस्तीलगायतले आवश्यकताअनुसार पुल बन्न सकेका छैनन्।

त्यसमाथि वेलावेलाको प्राकृतिक विपत्तिले पुलसँग जोडिएका नागरिकका सपना धुमिल बनाइरहेको छ। गत असारयता देशका विभिन्न नदी र खोलाहरूमा आएका बाढीले नागरिकका थुप्रै त्यस्ता सपना टुटाइदिएको छ। बाढीले बगाएका र क्षति पु¥याएका पुल चार महिना बित्दासमेत पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन। पुल नहुँदा नागरिकले दैनिक सास्ती भोगिरहेका छन्। जिल्ला ब्युरोको रिपोर्टः

प्रकाशित मिति: : 2021-10-18 08:03:00

प्रतिकृया दिनुहोस्