१३–असोज ०७६ ताका तत्कालिन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो।
त्याे बन्द आफ्ना नेता–कार्यकर्ता सरकारले पक्राउ परेको विरोधमा आह्वान गरिएको थियो। यससमयमा विप्लव नेतृत्वको नेकपा हिंसात्मक गतिविधिमा लागेको सरकार पक्ष आरोप लगाउथ्याे। एनसेलको टावरमा आगजनी, ठाउँ–ठाउँमा बम विस्फोट गराउने गतिविधिसमेत नेकपाका नेता–कार्यकर्ताले गरिरहेका थिए।
यी–यस्ता आरोप खेपिरहेका नेकपा समर्थकमाथि सरकारले पक्राउ गरी थप कारबाही बढाउथ्याे। बन्दको आह्वान भएपछि सामान्यतया नेकपाका कार्यकर्ताले बम विस्फोटका गतिविधि गर्न सक्ने प्रशासनले सहजै अनुमान लगाउथ्याे।
१३–गते नेपाल बन्दको आह्वान भइसकेको थियो। तर साेही दिन एकाविहानै खबर आयो, आफैले बनाएको बम विस्फोटमा परी कार्यकर्ताको मृत्यु।
त्यसबेला काठमाडौंस्थित सुकेधारामा आफैले बनाएको बम विस्फोटमा परी तीन जनाको मृत्युभएकाे थियाे। मृतक मध्ये एक जनाकाे नाम थियाे– ‘महान’। दाङको बबई गाउँपालिकामा घर भएका उनको नाम गोकुल राना मगर हो।
सुकेधारामा बम बनाउने मुख्य व्यक्ति उनै महान रहेको पछि बुझिन आयो। बम विस्फोटपछि प्रहरीको अनुसन्धानले यस्ताे भन्छ– उनीहरूले विहान ५ बजे विस्फोट गराउने भनी तयार पारिएको टाइम बम साँझको ५ बजे नै पड्कियाे। लगतै उपचारका लागि अस्पतालमा पनि लगियाे तर तीन जनाको मृत्यु भइसकेकाे खबर अर्काेदिन विहानै देशभर फैलियाे।
महानको शव हेर्न सक्ने अवस्थामै थिएन। ‘टाउको थिएन, हात, खुट्टा छुडिएका थिए। शव हेर्न नसकिने थियो,’ महानकी पत्नी तारा राना मगर त्याे क्षण सम्झिन्छिन्।
सर्वहारा वर्गको उत्थान गर्न वैज्ञानिक समाजवाद ल्याउने सपना बाेकेर नेकपामा सामेल भएका कमरेड महानले आफ्नो ज्यान जोगाउन सकेनन्। तत्कालिन समयमा नेकपा माओवादीका लडाकू रहेका उनी आफ्नो क्रान्ति पूरा नभएको भन्दै विप्लवसँग जाेडिएका थिए।
विप्लव नेतृत्वको नेकपामा समावेश हुँदा महान भन्थे– पाँच वर्षभित्रै देशमा परिवर्तन आउँछ। कमरेड महानले घर पुग्दा यस्तै–यस्तै सपनाहरू सुनाउने गरेको पत्नी तारा बताउँछिन्। ‘उहाँसँग धेरै कुराकानी हुँदैन्थ्याे। कहिलेकाहीँ कुरै हुँदा उहाँ भन्नुहुन्थ्याे, दश वर्षे जनयुद्ध जस्तो हुँदैन अब ,’ तराले भनिन्, ‘पाँच वर्षभित्रै देशमा परिवर्तन आउँछ, नयाँ ब्यवस्था आउँछ भन्नुहुन्थ्यो।’
उनी भन्थे– अबको लडाइँ प्रहरी–प्रशासनसँगको नभएर सत्तामा रहेका नेताहरूसँग हाे।
अब लडाइँ होइन शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था होस्
दश वर्षे युद्ध मैदानमा समेत लडाकू बनेर हाेमिएकी तारा, अब देशमा लडाइँ नभएर शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने बताउँछिन्। ‘कुनैकुनै व्यवस्था परिवर्तन कै लागि युद्ध चाहिँदाे रहेछ। दश वर्षसम्म देशमा जनयुद्ध भयो। केही परिवर्तन पनि भयो। अझै अपूरा छन्,’ उनले भनिन्, ‘अब लडाइँ होइन सबै मिलेर वैज्ञानिक समाजवाद ल्याउन आवश्यक छ।’
लडाइँमा सरकारी पक्ष वा विद्रोही पक्ष जसको ज्यान गएतापनि नेपाली नै मारिएकाे उनकाे बुझाइ छ। नेपालीहरूकाे विदेश जानुपर्ने बाध्यता अन्त्य भइ देशभित्र समान अवसर पाउने वातावरण बनाउनुपर्ने ताराले बताइन्।
अझै रसाउँछन् महानकी आमाका आँखा
आमा कमरेड महान सम्झिरहेकी छिन्। महानकाे कुरा आयो कि आँखा रसाउ थालिहाल्छन्। जतिबेला घरमा अभावले पाइला टेक्छ आमाका आँखा छोरालाई सम्झेर रसाउन झन्–झन् रसाउँछन्।
‘चाडपर्व आउँछ। तीनजना नाति–नातिना छन्। अरुले जस्तै राम्रो लाउने–खाने रहर गर्छन्,’ महानकी आमा तिरसरी राना मलिन अनुहार बनाउँदै भनिन्, ‘घरमा कमाउने कोही छैन। कमाउने एउटा छोरा हामीसँग छैन।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया