सुजन चापागाईं : रियालिटी शोमा फ्लप, सांगीतिक करिअरमा सुपरहिट

शिलापत्र

दिप्सन लुइटेल

हिजोआज प्रतिभावान् व्यक्तिलाई प्रतिभा देखाउन गाह्रो छैन। गाउन जान्नेलाई गायन रियालिटी शोका अनेक मन्च उपलब्ध छन्। नाच्न जान्नेलाई नृत्यका रियालिटी शो छन्। हँसाउनेदेखि साहसिक काम रुचाउने व्यक्तिहरूका लागि पनि रियालिटी शोको प्लेटफर्म उपलब्ध छन्।

रियालिटी शोमा पुगेका प्रतियोगीहरूको एउटै चाहना हुन्छ- 'आफूलाई चिनाउने।' त्यो दौरानमा कतिपयले आफ्नो सपना पूरा गर्न सक्छन्। कतिपयको चाहना सपना मात्र बनिदिन्छ।

अरु प्रतियोगीजस्तै चितवनका सुजन चापागाईं नेपाल आइडलको पहिलो सिजनमा भाग लिन पुगे। तर, अडिसनपश्चात् परीक्षाका कारण उनले पहिलो सिजनमा प्रतिस्पर्धा गर्न पाएनन्।

प्रतिस्पर्धा नै नभई बाहिरिनुपर्दा सुजनलाई रियालिटी शोको भोक मरेको थिएन। त्यसैले, सुजनले थप मिहिनेत गरेर तेस्रो सिजनमा सहभागी हुने सोच बनाए। डिजिटल अडिसनमा राम्रो तारिफ पाएर छनोट पनि भए। विडम्बना, तेस्रो सिजनको अन्तिम ३० मा पुगेपछि उनी बाहिरिए।

प्रकाशित मिति: : 2021-10-17 14:55:00

प्रतिकृया दिनुहोस्