आशीर्वादको नाममा जेष्ठ नागरिकलाई संक्रमणको जोखिममा नपारौं

अनलाइनखबर

काठमाडौँ

प्रेम लामा 

नेपालमा कुल जनसंख्याको ८.१३ प्रतिशत अर्थात् करिब ३० लाख जेष्ठ नागरिक छन् । उनीहरूमध्ये सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १३ लाख जति छन् ।

जीवनको उर्जाशील समय परिवार, समाज र राष्ट्र निर्माणमा व्यतित गरेका जेष्ठ नागरिकहरू उमेरजन्य कारणबाट सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित छन् ।

गाउँबाट सहर, सहरबाट विदेश हुँदै बसाइँसराइँ र बढ्दो वैदेशिक रोजगारीले जेष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिँदै गएको छ । यो बीचमा कोरोना महामारीले जेष्ठ नागरिकलाई थप समस्यामा पारेको छ । कोरोनाको दुवै लहरमा जेष्ठ नागरिक बढी प्रभावित छन् ।

महामारीको समयमा जेष्ठ नागरिकको उचित व्यवस्थापन र उपयुक्त वातावरण सिर्जनामा लाग्ने दायित्व सबै नेपाली नागरिकको भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: : 2021-10-14 18:54:00

प्रतिकृया दिनुहोस्