नयाँ कपडाको बास्ना र ढिकीको आवाजसँगै आउँथ्यो दशैं

थाहा खबर

काठमाडौँ

सञ्जिता आचार्य

नेपालीको घर आँगनमा दशैं भित्रिसकेको छ। गाउँदेखि शहरसम्म र बूढाबूढीदेखि बच्चासम्म दशैंको माहोलमा रमाउन थालेका छन्।

दशैंलाई मिठो खाने, राम्रो लगाउने चाडको रूपमा चिनिन्छ। तर‚ बढ्दो सहरीकरणसम्म नेपालीको अवस्था फेरिएको छ। राम्रो लगाउन मिठो खानका लागि दशैं पर्खनुपर्ने अवस्था छैन।

यतिवेला गाउँघरमा युवा देखिँदैनन्। प्रत्येक परिवारका युवा रोजगारीको खोजीमा विदेशिएका छन्। ती विदेशिएका युवाले पठाएको रेमिट्यान्सबाट परिवारको आर्थिक अवस्था माथि उठेको छ। त्यही सुधारिएको आर्थिक अवस्थासँगै परम्परागत रूपमा मनाउँदै आएको दशैंको स्वरूपमा पनि परिवर्तन आएको छ।

दशैंमा सरकारले दिएको सार्वजनिक बिदा अहिलेका पुस्ताले अफिस, कलेजको छुट्टी घुमफिरका लागि दिएको सम्झन थालेका छन्। यसले गर्दा पहिला कसरी मनाइन्थ्यो भन्ने नै जानकारी नहुन सक्छ। दशैंको मौलिकता जोगाउनुपर्नेमा वृद्धवृद्धाहरू बताउँछन्। फेरिएको दशैंको स्वरूपसँगै ‘ऊ बेला दशैं कसरी मनाइन्थ्यो?’भनेर केही वृद्ध आमाबुबाका अनुभव।

अहिलेको दशैंले उ बेलाको झल्को दिँदैन

८५ वर्षकी हेमकला उपाध्यायलाई उ बेलाको दशैं सम्झँदा अहिले पनि रमाइलो लाग्छ। बर्खाभरि काम गरेर थकाइ मार्ने समयको रूपमा दशैंलाई लिने गरिन्थ्यो। सोह्रश्राद्ध सकिएसँगै गाउँघरमा दशैंको माहोल सुरु हुन्थ्यो।

प्रकाशित मिति: : 2021-10-13 11:48:00

प्रतिकृया दिनुहोस्