पहिले डोर्‍याउँदै स्कुलमा भर्ना गराए, अहिले शिक्षामन्त्री देवेन्द्रसँग भेट्न मन्त्रालय पुगे

नेपाल खबर

सीताराम बराल

नेकपा माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटघाटका लागि सो पार्टीका वरिष्ठ नेता दीननाथ शर्मा सोमबार (२५ असोज) दिउँसो शिक्षा मन्त्रालय पुगे। पार्टीका दुई नेताबीच करिब आधा घण्टा कुराकानी भयो।

तर यी दुई कम्युनिस्ट नेताले एकअर्कालाई न ‘कमरेड’ सम्बोधन गरे, न शर्माले शिक्षामन्त्री पौडेललाई ‘तपाईं’ भने! नेता शर्माले मन्त्री पौडेललाई ‘तिमी’ भन्नुको कारण होे– पौडेल उनका भतिज पर्छन्।  

‘दुवैै जना माओवादी केन्द्रका नेता भए पनि नातामा उहाँहरू काका र भतिज हो’, भेटघाटमा सँगै रहेकी शर्मापुत्री कल्पना शर्माले भनिन्, ‘त्यसैले आफ्नो अनुभवका आधारमा सुझाव दिनका लागि उहाँ देवेन्द्र दाइ (मन्त्री पौडेल) लाई भेट्न जानुभएको हो।’

नेता शर्माका भनाइमा– मन्त्रीका रूपमा पौडेलले शपथ खाएको दिन उनी राजनीतिक काम विशेषले बाग्लुङ पुगेका थिए। त्यसैलै उनले त्यही दिन भेटेर मन्त्री पौडैललाई बधाई र सुझाव दिन पाएका थिएनन्। बाग्लुङबाट आइतबार काठमाडौं फर्केपछि परिवारसहित मन्त्रालय पुगेर उनले पौडेललाई बधाई दिएका हुन्।  

प्रकाशित मिति: : 2021-10-12 11:12:00

प्रतिकृया दिनुहोस्