मदन नेपाली
संसारभर आठ छुटाछुट्टै चैत्य छन्। ती हुन्- पद्मकटक चैत्य, बोधि चैत्य, मंगलद्वर चैत्य, रिद्धिसीद्धी प्रर्दशन चैत्य, देवअओेतरण चैत्य, संगपूनर्गठन चैत्य, सर्वबिजेता चैत्य र महापरी निर्माण चैत्य।
यी आठै चैत्य मध्यको एक चैत्य हो- बोधि चैत्य। जुन कर्णाली प्रदेशस्थित जुम्लामा पर्छ। यस चैत्यको स्थापना बि.सं २०६७ चैत्र २९ गते भएकाे हाे। याे निर्माणमा 'दि हिमालयन पिस अफ एसोसियशन' समुदायकाे ठूलाे भूमिका रहेकाे छ।
आफ्नाे पृथक भाषा, संस्कृति र इतिहास बोकेको लोपमुलक याे समुदाय कर्णाली प्रदेशकाे मुगुकाे उत्तरी तिब्बत कैलाशको मानोसरोबारबाट नजिक्कै उत्पति भएको एक मैलिक समुदाय हो।
सुन्दर हिमाल, स्वच्छ हावा पानी, हजारौँ बन्यजन्तु, अमुल्य जडिबुटी र हराबरा वनले भौगोलिक रुपमा अत्यान्तै सुन्दर कर्णालीमा यसले आर्थिक रुपमा समेत सम्भावना समेत बढाएकाे छ।
याे चैत्य भगवान गाैतम बुद्ध ३५ बर्षको हुँदा बोध गयाको बोधिको रूखमुनि बोधि ज्ञान प्राप्त गरेकाे अवसरमा राजा विमविस्सतले स्थापना गरेका थिए।
सम्राट अशाेकले ती आठवटा राज्यका स्तुपामध्ये ७ वटा राज्यको स्तुवा देखने अस्तु निकालेर भगवान बुद्धको ८४ हजार बुद्धवचन विभाजन गरिदिएका थिए। प्रत्येक बुद्धवचनमा एक-एकवटा अस्तु पढ्ने गरी जम्मा ८४ हजार स्तुपा निर्माण गरी बौद्ध धर्मको प्रचारप्रसार गरेको तथ्य धर्मग्रहथहरुमा भेटिन्छ।
यसरी भगवान बुद्धको महापरी निर्माण प्रसाथ भगवान बुद्धको सम्झना स्वरूप स्तुपा बनाउने प्रचलन बढ्दै गएकाे पाइन्छ।
प्राचिनकाल देखिनै चैत्य निर्माण गर्ने प्रचलन भएकाे पाइन्छ। स्तुपा निर्माण गर्नुअघि र भगवान बुद्धका मूर्ती पूजा गर्नुअघिनै चैत्यको पूजा गर्ने प्रचलन रहेकाे थियाे। सामान्य अर्थमा भन्ने हो भने पूजनीयकाे पूजा गर्ने चलनलाई चैत्य भनिन्छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया